बिजखबर संबाददाता
५ असोज,काठमाडौं । दक्षिण एसियाली उद्यमी महिलाको तीनदिने सम्मेलन मंगलवारदेखि सुरु हुने भएको छ ।
सम्मेलनको फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल विपिडब्लु र गरिबी निवारण कोषले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।
सम्मेलनमा नेपालका २० तथा पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतका २० महिलाको सहभागिता रहने बिपिडब्लुका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिए ।
सम्मेलनमा उद्यमी महिलाको सफलता, चुनौती, सम्भावना, दक्षिण एसियाली मुलुकले उद्यमी महिलाको सफलताका लागि गरेको प्रयासका बारेमा छलफल गरिनाका साथै अनुभवसमेत साटासाट गरिने बताइएको छ ।