Logo

बुधबार थपिए ६८१ जना कोरोना संक्रमित, काठमाडैं उपत्यकामा थपिए १५९ जना

बुधबार थपिए ६८१ जना कोरोना संक्रमित, काठमाडैं उपत्यकामा थपिए १५९ जना



काठमाडौं । बुधबार देशका विभिन्न ठाउँमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ।

विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ५४ हजार बढीको पिसिआर परीक्षण भएको छ। त्यस्तै हालसम्म मृतक १२० जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ सय ३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL