Logo

राष्ट्रिय झण्डा जलाउने गीतका गायकसहित ९ जना पक्राउ, विद्युतीय अपराध ऐनअन्तर्गत पनि मुद्दा चलाउने तयारी

राष्ट्रिय झण्डा जलाउने गीतका गायकसहित ९ जना पक्राउ, विद्युतीय अपराध ऐनअन्तर्गत पनि मुद्दा चलाउने तयारी



काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्न गायक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनीसँगै अन्य ६ जना पनि पक्राउ परेका छन् । उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

उनका अनुसार पक्राउ गर्न अपराध महाशाखा, महानगरिय प्रहरी र सिआईबीको टोली खटिएको थियो । युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ को भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई ग्याल्जोम दोर्जे तामाङ ‘मंगोल ग्याल्जी’ले गाएका छन् । मंगोल हप नामको युट्युब च्यानलबाट सो भिडियो सोमबार सार्वजनिक भएको थियो ।

मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ।

मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख छ। प्रहरीले उनीहरुविरुद्ध विद्युतीय अपराध ऐन अन्तर्गत पनि मुद्दा चलाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL