Logo

तीजको मुखमा सुनको मूल्यमा स्थिरता, यस्तो छ आज सुनको मूल्य

तीजको मुखमा सुनको मूल्यमा स्थिरता, यस्तो छ आज सुनको मूल्य



काठमाडौं । हिन्दु नारीहरुको महान पर्वका रुपमा रहेको तीजको दुई दिनअघि नेपाली बजारमा सुनको मूल्य स्थिर बनेको छ ।

सुनको व्यापारका लागि सधै चहलपहल हुने तीजको समय यसपटक भने कोरोना संक्रमण र आकाशियएको सुनको मूल्यका कारण लगभग ठप्प अवस्थामा छ ।

यस्तोमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी मंगलबारको तुलनामा रु ५ घटेर तोलामा १३७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL