Logo

काठमाडौंमा बुधबार रातिदेखि निषेधाज्ञा, सवारीसाधन चलाउन प्रतिबन्ध

काठमाडौंमा बुधबार रातिदेखि निषेधाज्ञा, सवारीसाधन चलाउन प्रतिबन्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार रातीदेखि निषेधाज्ञा लागू हुने भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा जारी राख्ने निर्णय गरेका हुन् । कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषदको सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक कामकाजको अधिकार स्थानीय प्रशासनलाई दिएको थियो ।

निषेधाज्ञामा अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय भएको छ । सो अबधिमा अत्यावश्यक बाहेकका अन्य व्यापार व्यवसाय पनि बन्द गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL