Logo

अमेरिकामा नेपालको संविधानको भब्य स्वागत, आर्थिक मुद्दामा केन्द्रित हुन आग्रह

अमेरिकामा नेपालको संविधानको भब्य स्वागत, आर्थिक मुद्दामा केन्द्रित हुन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

यादवराज जोशी

असोज ५, अमेरिका । गैरआवासिय नेपाली संघ (एनआरएन) भर्जिनियाले नेपालको नयाँ संविधानको भव्य स्वागत गरेको छ । एनआरएन भर्जिनियाको समन्वयमा भर्जिनिया राज्यमा क्रियाशील विभिन्न संस्थाले संयुक्तरुपमा मनाससस्थित सिग्नल हिल पार्कमा दिपावली गरि स्वागत गरेका हुन् ।

नेपाली आकंक्षा अनुसारको संविधान जनताका प्रतिनिधीले निर्माण गरेको खुसी मनाउन दिपावली गरिएको एनआरएन भर्जिनियाका अध्यक्ष मुक्ति दवाडीले बताए । ‘विगत ७ दशकदेखि नेपालीले देखेको सपना साकार भएको उपलक्ष्यमा हामी दिपावली गरिरहेका छौ,’ उनले भने, ‘यो संविधान जनताद्वारा निर्वाचित प्रतिनिधीले बनाएको हो । यसमा हाम्रो सहभागिता छ । यही नै हाम्रो खुसीको कारण हो ।’

दिपावली कार्यक्रममा एनआरएन आईसिसिका सल्लाहकार रामचन्द्र खरेलले नयाँ संविधानले गैर आवासिय नेपालीको नागरिकता पुनः प्राप्तिको सुनिस्चिता गरेकोले विदेशमा बसेका नेपालीको साझा सरोकारको विषय बनेको बताए । एनआरएनले नेपाली नागरिकताको माग गर्दै आएको थियो । यसैगरी, एनआरएन एनसिसि अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिमिल्सिनाले नागरिकता प्राप्तिको अध्याय पुरा भएको छ । अब एनआरएनको आन्दोलन आर्थिक, सांस्कृतिक अधिकारको सदुपयोग गर्दै नेपालको विकासका लागि केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

america

दिपावलीमा सहभागी हुदै अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कार्कीले नागरिकको अधिकार पुनः प्राप्ति भइसकेको अवसरमा एनआरएनले देशको विकासमा सहभागी हुन आग्रह गरे । ‘एनआरएन अब मातृभुमीको आर्थिक, समाजिक र सांस्कृतिक विकासको वाहक बन्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा नेपाल अमेरिका सहयोगी समाजका अध्यक्ष पदम रेग्मीले एनआरएन सबै संस्थाको छाता संगठन भएकोले एनआरएन भर्जिनियाको ब्यानरमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा डिसि मेट्रो क्षेत्रका अमेरिका नेपाल सहयोग समाज, इन्जिनियर्स एसोसियन अफ नेपालिज अमेरिकन, नर्स एसोसिएसन अफ नेप्लिज अमेरिकन, नेपाली जनसम्पर्क समिति, नेपाल अमेरिका पत्रकार संघ, सगरमाथा टेलिभिजन, एनइसिसि, फेयरफ्याक्स नेपालिज सोसाईटि, चौपारी लगायतका संघसंस्थाका सहभागिता थियो । कार्यक्रममा डिसी मेट्रो क्षेत्रका नेपालीहरुको उल्लेख्य सहभागिता थियो । सहभागीहरुले नेपाल र राष्टिय झण्डाको नक्सा बनाई त्यसमाथी दिप प्रज्वलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL