काठमाडौं । सरकारले युरोपियन युनियन (ईयू) का लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भण्डारीलाई ईयू र बेल्जियमका जिम्मेवारी सम्हालन्ने गरी नेपाली राजदूत नियुक्त गरेको हो ।
यसैगरी सरकारले पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्कालाई नियुक्त गरेको हो ।
नियुक्त भएका सबै राजदूतहरु परराष्ट्र मन्त्रालयका कर्मचारी रहेका अर्थ मन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।