Logo

एडीबीबाट २४ अर्ब ऋण लिने निर्णय, राजस्व बोर्डको अध्यक्षमा महेश दाहाललाई तोकियो

एडीबीबाट २४ अर्ब ऋण लिने निर्णय, राजस्व बोर्डको अध्यक्षमा महेश दाहाललाई तोकियो



काठमाडौं । सरकारले एशियाली विकास बैंक (एडीबी) बाट २४ अर्ब रुपैयाँ (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि उक्त ऋण लिन लागिएको हो । अर्थमन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त ऋण लिन स्विकृति दिने निर्णय गरेको हो ।

अर्थमन्त्री डा. युबराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सुनाउँदै नर्वे सरकारबाट पनि प्राप्त हुने ४ अर्ब रुपैयाँ अनुदान समेत स्वीकार गर्ने निर्णय भएको बताए । यस्तै सरकारले राजश्व बोर्डको गठनसमेत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा महेश दाहाल र सदस्यमा निर्मलहरी अधिकारी रहने गरी बोर्ड गठन गरिएको हो । दाहाल पूर्व शिक्षा सचिव हुन भने निर्मलहरि अधिकारी अर्थमन्त्रालयमा राजश्व महाशाखा प्रमुख थिए। उनी अहिले राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष छन्।

प्रतिक्रिया दिनुहोस्
MBL