Logo

आज हालसम्मकै धेरै १०१६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा भेटिए २०५ जना संक्रमित

आज हालसम्मकै धेरै १०१६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा भेटिए २०५ जना संक्रमित



काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक १ हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८० जना रहेको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा २ सय ५ जना रहेका छन् । काठमाडौं जिल्लामा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL