Logo

इण्डोनेसियाको ७५ औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो, वाणिज्यदुत ढकालद्धारा इण्डोनेसियाको झण्डोत्तलन

इण्डोनेसियाको ७५ औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो, वाणिज्यदुत ढकालद्धारा इण्डोनेसियाको झण्डोत्तलन



काठमाडौं । इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । उक्त अवसरमा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तलन गरेका छन् । नेपाल र गणतन्त्र इण्डोनेसिया बीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

गणतन्त्र इण्डोनेसियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देश बीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ । नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ ।

इण्डोनेसिया आसियन राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो । साथै नेपाल र इण्डोनेसिया बीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL