Logo

कोरोना रोक्न अब के गर्ला सरकारले ? बुधबारसम्म सीसीएमसीले विस्तृत योजना बनाउने, बिहीबारको मन्त्रिपरिषदले निर्णय गर्ने

कोरोना रोक्न अब के गर्ला सरकारले ? बुधबारसम्म सीसीएमसीले विस्तृत योजना बनाउने, बिहीबारको मन्त्रिपरिषदले निर्णय गर्ने



काठमाडौंं । कोरोना संक्रमण अनियन्त्रित हुँदै गएको भन्दै सरकारले रोकथामको लागि विषेश रणनीति तयार पार्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई कोरोना रोक्ने विस्तृत योजना तयार पार्न निर्देशन दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा उनले कोरोना अनियन्त्रित हुँदै गएको भन्दै रोकथामको लागि विषेश रणनीति तयार पार्न निर्देशन दिएका हुन् ।

एक मन्त्रीका अनुसार सोमबारको बैठकमा अधिकांश मन्त्रीहरुले कोरोना रोकथामका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने आवाज उठेपछि सीसीएमसीलाई सो निर्देंशन दिएका हुन् ।

साथै प्रधानमन्त्री ओलीले आगामी बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामको रणनीति तय गर्ने बताएका छन् । केही मन्त्रीले १५ दिनका लागि लकडाउन घोषणा गर्नुपर्ने सुझाव समेत दिएका एक मन्त्रीले जानकारी दिए ।

साथै, मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरू तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL