Logo

विदेशबाट हुने चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित, उडान रोक्न सिसिएमसीको पत्र

विदेशबाट हुने चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित, उडान रोक्न सिसिएमसीको पत्र



काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) ले विदेशबाट हुने चार्टर्ड उडान रोक्न सरकारलाई आग्रह गरेको छ।

केन्द्रले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उडान रोक्न आग्रह गरेको हो ।

होटल क्वारेन्टाइन तयार भइनसकेकाले उडान स्थगन गर्नु पर्ने केन्द्रको पत्रमा उल्लेख छ । केन्द्रको निर्णय अनुसार यसअघि तयारी अवस्थामा रहेका चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित भएका छन् ।

केन्द्रले साउन २९ मा परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गरी विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्नु पर्ने भनेको थियो। सोमबार भने क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको भन्दै उडान रोक्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL