Logo

सोमबार थपिए ५८१ जना कोरोना संक्रमित, मृतकको संख्या १०७ पुग्यो

सोमबार थपिए ५८१ जना कोरोना संक्रमित, मृतकको संख्या १०७ पुग्यो



काठमाडौं । नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर उक्त संख्यामा संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ। साथै मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १ सय ९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL