Logo

जियोनीले ल्यायो ‘गेट स्मार्ट’ दशैँ तिहार अफर, ३ हजारसम्म छुट

जियोनीले ल्यायो ‘गेट स्मार्ट’ दशैँ तिहार अफर, ३ हजारसम्म छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ असोज, काठमाडौं । मोवाइल कम्पनी जियोनीले ‘गेट स्मार्ट’ दशैँ तिहार अफर ल्याएको छ । यो योजना असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । जस अन्तरगत दशैँ तिहारको अवसरमा जियोनीले आफ्ना केहि उत्कृष्ट मोडेलमा क्यास ब्याक अफरको व्यवस्था गरेको छ ।

ग्राहकहरुले जियोनीका ४ उत्कृष्ट मोडेल – इलाइफ एस ७, म्याराथन एम ५, म्याराथन एम ३, र पायोनियर पि ६ मा क्यास ब्याक अफर प्राप्त गर्नेछन् । क्यास ब्याक पायोनियर पि ६ मा रु. १ हजार ४ सय रुपैयाँ देखि इलाइफ एस ७ मा रु. ३ हजार रुपैयाँसम्म उपलब्ध हुनेछ ।

यसको साथसाथै जियोनीले २ नयाँ मोडेल – पायोनियर पि ३ एस र एफ १०३ मोडलका सेट ८ हाजार ९ सय ९९ रुपैयाँ र १५ हजार ९ सय ९९ रुपैयाँमा बजारमा ल्याएको छ ।

जियोनीले भर्खरै मात्र नेपालमा आफ्नो पहिलो वर्ष सफलताका साथ पार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL