Logo

फेरि घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

फेरि घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् आजको बजार भाउ



काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको हो ।

आइतबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेकोमा आज दुई सयले घटेर ९८ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि दुई सयले घटेको छ । आजको तेजाबी सुन तोलाको ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL