Logo

नयाँ बानेश्वर, बुद्धनगर, थापागाउँ, विजुली बजार क्षेत्र सिल, यी कार्य गर्न अब निषेध

नयाँ बानेश्वर, बुद्धनगर, थापागाउँ, विजुली बजार क्षेत्र सिल, यी कार्य गर्न अब निषेध



काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंको नयाँबानेश्वर, बुधनगर, थापागाउँ, बजुली बजार क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरे पनि स्थानीय तहले सिल गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयले नयाँबानेश्वर, बुद्धनगरसहित आफ्नो वडा क्षेत्रमा सिल गरेको हो ।

कोरोना संक्रमण फैलिरहेकाले यस १० नम्बर वडा अन्तर्गत धेरै जनामा कोरोना पोजेटिभ देखिएकाले नागरिकको भीड बढेसँगै जोखिम पनि बढ्ने हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि सिल गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयकाअनुसार वडाभित्र फुटपाथ पसल, मठ मन्दिरमा नित्यबाहेका अन्य पूजापाठ, कवाडी संकलन, चिया पसल, पान पसल, मदिराको खुद्रा बिक्री, जिमहल, व्युटी पार्लर, सैलुन सञ्चालन गर्न र भीडभाड हुने कुनै पनि कार्य गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL