Logo

नेपाल प्रहरीमा कोरोनाको आक्रमण, दुई डीआइजीसहित थप ३७ जनामा कोरोना पुष्टि

नेपाल प्रहरीमा कोरोनाको आक्रमण, दुई डीआइजीसहित थप ३७ जनामा कोरोना पुष्टि



काठमाडौं । नेपाल प्रहरीका दुई उच्च प्रहरी अधिकृतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण भएको हो ।

नेपाल प्रहरी अस्पताल स्रोतका अनुसार दुई डीआईजीसहित ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत सबैको बिहीबार स्वाब संकल गरेर परीक्षण गरिएको थियो ।

उनीहरुको शनिबार बिहान पीसीआर रिपोर्ट आएको थियो । स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचारीमा संक्रमण बढिरहेको छ । आइतबार बिहान १० बजेसम्म ६२० जनामा कोभिड–१९ देखिएको प्रहरी प्रवक्ता तथा एसएसपी कुवेर कडायतले जानकारी दिए ।

एसएसपी कडायतका अनुसार संक्रमितमध्ये २४० जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको एसएसपी कडायतले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL