Logo

चितवनमा बिहानै थपिए २७ कोरोेनाभाइरस संक्रमित, डाक्टर र नर्सलाई पनि कोरोना

चितवनमा बिहानै थपिए २७ कोरोेनाभाइरस संक्रमित, डाक्टर र नर्सलाई पनि कोरोना



काठमाडौं । चितवनमा थप २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा २७ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । शनिबार अस्पतालमा ४ सय ७४ जनाको स्वाब परीक्षण गरिएको थियो ।

चितवनमा उपचार गराइरहेका सर्लाहीका एक बिरामीमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । २७ जनामध्ये २१ जना भरतपुर महानगरपालिकाका मात्र रहेका छन् ।

भरतपुर वडा नं ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।

रत्ननगरका चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL