Logo

शनिबार ४६८ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या १०२ पुग्यो

शनिबार ४६८ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या १०२ पुग्यो



काठमाडौं । शनिबार नेपालमा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिँदा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

११ हजार २७ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभर पाँच सय २३ जना होम आइसोलेसनमा बसेका छन भने, एक सय २४ जना विगत २४ घण्टामा निको भएर घर फर्किएका छन्। कोरोनाबाट नेपालमा अहिलेसम्म १ सय २ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL