Logo

मोदीसँग प्रधानमन्त्री ओलीको टेलिफोन वार्ता, के–के भयो कुराकानी ?

मोदीसँग प्रधानमन्त्री ओलीको टेलिफोन वार्ता, के–के भयो कुराकानी ?



काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोन वार्ता भएको छ।

भारतको ७४औँ स्वतन्त्रता दिवस (१५ अगस्ट) का दिन प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग फोनमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि भारतीय प्रधानमन्त्री मोदी र त्यहाँका जनतालाई बधाई तथा शुभकामना दिएका थिए।

दुई देशबीच सीमाको विषयमा विवाद उत्पन्न भएपछि लामो समय प्रधानमन्त्री तहमा कुराकानी हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्
MBL