Logo

अर्थमन्त्री भन्छन्,नेपालमा एसियाकै उत्कृट संविधान आयो, अव क्षमता बृद्धि जरुरी

अर्थमन्त्री भन्छन्,नेपालमा एसियाकै उत्कृट संविधान आयो, अव क्षमता बृद्धि जरुरी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

४ असोज,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले जारी संविधान एसियाकै उत्कृट भएको बताएका छन् । सोमवार संविधान जारी भएको खुसियाली मनाउन पोखराको चिप्लेढुंगामा आयोजित विशाल उत्सव सभामा उनले विपरीत दर्शन र विचारलाई समेटदै तिनै जनप्रतिनिधिहरुले जारी गरेको यो संविधान एसियाकै उत्कृष्ट भएको  बताएका हुन् ।

उनले यसको कार्यान्वयन प्रभावकारी ढंगले गर्ने राज्यको क्षमता विकास तिर लाग्नुपर्ने धारण व्यक्त गरे ।‘सम्पूर्ण जात जाति, पिछडिएको वर्ग, महिला, वालवालिकालगायत सम्पूर्ण तह र तप्काका जनताको भावना समेटेर यो संविधान जारी भएको छ’ उनले भने । महतले यसमा अव कसैले असहमति जनाउने ठाउँ नभएको जिकिर गरे । ‘कसैले यो संविधान ठीक छैन भन्छ भने कि त उसले संविधानलाई राम्ररी पढेको छैन कि उसको नियत नै खराव छ’ डा. महतले भने ।

उनले संसारका विरलै मुलुकमा जनप्रतिनिधिहरुले संविधान निर्माण गरेको इतिहास भएको बताए । सो अवसरमा उनले यो संविधानका लागि एकमत हुन सक्ने दलका नेताहरु बधाईका पात्र भएको बताए ।

मधेशका नेताहरुको विरोध र असहमतितिर लक्ष्यित गर्दै अर्थमन्त्री डा मधेशको माग बमोजिम नै संंविधानसभाको घोषणा भएको र संघीयता लागू गरिएको बताए । उनले भने ‘तराईका जनताको माग बमोजिम नै प्रदेशहरुको विभाजन गरिएको छ ।’ साथै माग पूरा भएपछि माग गर्नेहरु नै विरोधमा उत्रिनु बिडम्वना भन्दै उनीहरुको असली माग जातीय द्वन्द्व चर्काउने भएको जिकिर गरे ।

संविधानलाई कार्यान्वयन गरेपछि नेपाल आर्थिक एजेण्डामा अघि बढ्ने र मुलुकले फड्को मार्ने उल्लेख गर्दै उनले नेपाललाई दक्षिण एसियामै पर्यटनको राजधानी बनाउन सकिने बताए ।

राष्ट्र निर्माणमा लाग्न सबैलाई अपील गर्दै नेता डा महतले आर्थिक एजेण्डालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने हो भने युवाहरुले विदेश जानुपर्दैन, स्वदेशमै रोजगारीका प्रशस्त अवसरहरु सिर्जना हुने बताए । उनले भने ‘सिर्जनशील र उद्यमशील भएर मेहनतका साथ मुलुक निर्माणमा लागौं नत्र भावी पुस्ताले हामीलाई माफी गर्ने छैनन ’ ।

सो अवसरमा एमालेका नेता शंकर पोखरेल, माओवादीका नेता जनार्दन शर्मा, सांसद यज्ञवहादुर थापा तथा स्थानीय नेताहरुले संविधानको स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL