Logo

काठमाडौंमा यी कार्यहरु निषेध, आजै रातिदेखि लागु हुने

काठमाडौंमा यी कार्यहरु निषेध, आजै रातिदेखि लागु हुने



काठमाडौं । उपत्यकामा कोरोना भाईरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमण फैलाउन सक्ने विभिन्न कार्यहरुमा निषेध गरेको छ।

प्रशासनले एक विज्ञप्ति जारी गर्दै आजै राति १२ वजेदेखि भदौ १५ गते राती १२ वजेसम्म लागू हुने गरी काठमाडौं जिल्लाभर सो निशेधाज्ञा जारी गरेको जनाएको छ।

यी हुन आजै रातिदेखि निषेध गरिएका गतिविधिहरु

खुल्ला स्थानमा मानिसहरु भेलारजम्मा हुन, भीडभाड गर्न, सभारजुलुस गर्न,
भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न,
दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु,
उद्योग व्यापाररव्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु,
चाडपर्व लगायतका धार्मिक, सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,
शैक्षिक संस्थाहरु सञ्चालन गर्न,
सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न,
फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडारसाइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न,
उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकरकामदारको ओसार पसार गर्न,
टेक अवे बाहेक होटल र रेस्टुरेन्ट सञ्चालन गर्न।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम यी गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरीएको छ। सो आदेश विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL