Logo

शुक्रबार थपिए ५९४ जना कोरोना संक्रमित, २४० जनाले जिते कोरोना

शुक्रबार थपिए ५९४ जना कोरोना संक्रमित, २४० जनाले जिते कोरोना



काठमाडौं। शुक्रबार देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।

यस्तै पछिल्ले २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ छ। विगत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। विगत २४ घण्टामा गरिएको परीक्षणका क्रममा मृतक थप ४ जनामा कोरोना पुष्टि भएको हो।

पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ५५ सयभन्दा बढी छ।

शुक्रबार काठमाडौं उपत्यकामा मात्रै १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL