Logo

सरकारको कोरोना कोषमा प्रभु बैंकको १ करोड ३९ लाख रुपैयाँ सहयोग

सरकारको कोरोना कोषमा प्रभु बैंकको १ करोड ३९ लाख रुपैयाँ सहयोग



काठमाडौं । प्रभु बैंकले सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३१ रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रुपैयाँ बराबरको चेक माननीय अर्थमन्त्री डा . युवराज खतिवडालाई हस्तान्तरण गरेको हो ।

मौद्रिक नीति, २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप प्रभु बैकले उक्त रकम सहयोग गरेको हो।

प्रतिक्रिया दिनुहोस्
MBL