Logo

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ५३ करोड, कुल बीमा शुल्क १ खर्ब १९ अर्ब पुग्यो

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ५३ करोड, कुल बीमा शुल्क १ खर्ब १९ अर्ब पुग्यो



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बषै २०७६ र ७७ मा ५३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कोरोना कहरका बाबजुद कम्पनीको आफ्नो नाफ वृद्धि गर्न सफल भएको हो । जबकि कम्पनीले अघिल्लो आर्थिक वर्ष ५२ करोड ३२ लाख रुपैयाँ खुद नाफामा गरेको थियो ।

सो अबधिका कम्पनीले आफ्नो बीमा शुल्क आर्जनलाई पनि वृद्धि गरेको छ । अघिल्लो आबमा २३ अर्ब ११ करोड बीमा शुल्क संकलन गरेको नेपाल लाईफले गत अबमा बढाउँदै कुल बीमा शुल्क २७ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ । गरेको छ । हालसम्ममा नेपाल लाईफले आफ्नो कुल बीमा शुल्क १ खर्ब १९ अर्ब रुपैयाँ पुर्याएको छ ।

कुल चुक्ता पूँजीमा ५ अर्ब ४९ करोड रुपैँया रहेको नेपाल लाईफको जगेडा कोषमा ३ अर्ब ५० करोडरुपैयाँ र जीवन बीमा कोष ८७ अर्ब २ करोड रुपैँया छ ।

असार मसान्तसम्म आईपुग्दा कम्पनीले ४० हजार २ सय ४३ वटा दाबी वापत ६ अर्ब ६७ करोड रुपैँया भुक्तानी गरेको छ । तर अझै पनि कम्पनीको १ अर्ब ६१ करोड रुपैँया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ

प्रतिक्रिया दिनुहोस्
MBL