Logo

शुक्रबार पनि बढ्यो सुनको मूल्य, प्रतितोला ९८ हजार ६ सयमा कारोबार हुँदै

शुक्रबार पनि बढ्यो सुनको मूल्य, प्रतितोला ९८ हजार ६ सयमा कारोबार हुँदै



काठमाडौं । पछिल्लो समय उत्तारचढाव भईरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको छ । बिहीबार एकैदिन प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको हो ।

आज सुनको मूल्यमा ८ सय रुपैयाँको वृद्ध हुँदा मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्