Logo

आजबाट सबै सवारी पास खारेज, अर्को आदेश नभएसम्म नयाँ सवारी पास पनि जारी नहुने

आजबाट सबै सवारी पास खारेज, अर्को आदेश नभएसम्म नयाँ सवारी पास पनि जारी नहुने



काठमाडौं । गृह मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै आजबाट सबै सवारी पास वितरण खारेज गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार जिल्लाभित्र जारी भएका काठमाडौं प्रवेश तथा बाहिररिनेसहित अन्तरजिल्ला सवारी पाससमेत खारेज गरिएको हो ।

मन्त्रालयले संक्रमण बढ्दै गएसँगै सबै सवारीका लागि जारी गरिएका सम्पूर्ण पासहरु खारेज गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रालयले बुधबार ७७ जिल्ला प्रशासनलाई सवारी पास वितरण बन्द गर्न पत्रिपत्र गरेको थियो ।

‘आजबाट अन्तर जिल्ला सवारी साससहित सबै सवारी पाससमेत खारेज गरिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL