Logo

पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु, उपत्यकामै थपिए १२७ संक्रमित

पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु, उपत्यकामै थपिए १२७ संक्रमित



काठमाडौं । बिहीबार देशभर ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त संख्यामा संक्रमित थपिँदा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ सय ९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ९ सय ३४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।
विगत २४ घण्टामा ९ हजार ८ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ।

विगत २४ घण्टामा ४ मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ। मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन्।

यस्तै काठमाडौं उपत्यकामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १ सय ११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL