Logo

फेरि बढ्यो सुन, बिहीबार तोलामा २४ सयले बढेर कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुन, बिहीबार तोलामा २४ सयले बढेर कतिमा हुँदैछ कारोबार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । बुधबार तोलामा एकै दिन ६ हजार २ सयले घटेको सुनको मूल्य फेरि बढेको छ । विहिबार एकै दिन सुनको मुल्य तोलामा २४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहिबार सुन प्रति तोला ९७ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि बुधबार सुन ९५ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै विहिबार तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै विहिबार चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार विहिबार चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २९५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य एक हजार २१० प्रति तोला रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL