Logo

अब सवारी पास नपाईने, गृह मन्त्रालयले गर्याे यस्तो निर्णय

अब सवारी पास नपाईने, गृह मन्त्रालयले गर्याे यस्तो निर्णय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले विभिन्न जिल्लाबाट दिँदै आएको सवारी पास बन्द गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक कामका लागि जिल्लाबाट दिँदै आएको यात्रा पास बन्द गरेको हो ।

गृहमन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो पास अर्को निर्णय नभएसम्म नदिन भनेको हो ।

गृहको यस्तो परिपत्रपछि अब जिल्ला प्रशासन कार्यालयबाट पास लिइ यात्रा गर्न नपाइने भएको हो। राजधानी काठमाडौं आउन तथा बाहिर जान पनि अब समस्या हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL