Logo

कोरोना संक्रमण दर बढेपछि सूचना विभागबाट पाईने प्रेस पास वितरण हाललाई स्थगित

कोरोना संक्रमण दर बढेपछि सूचना विभागबाट पाईने प्रेस पास वितरण हाललाई स्थगित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोरोना संक्रमणको दर बढीरहँदा सूचना तथा प्रसारण विभागले नयाँ प्रेस पास वितरण स्थगित गरेको छ । संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै विभागले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरणका काम आजैदेखि स्थगित गरेको हो।

अर्को सुचना जारी नहुँदासम्मका लागि यी काम स्थगित गरिएको विभागले जानकारी दिएको छ ।

‘साउन २६ को मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारको अर्को निर्णय नभए सम्मका लागि हाललाई उपरोक्त सेवा प्रवाह स्थगित गरिएको छ,’ विभागद्धारा जारी निकालेको सूचनामा भनिएको छ, ‘सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ।’

प्रतिक्रिया दिनुहोस्
MBL