Logo

पाटन अस्पतालमा उपचारत कोरोना संक्रमित महिलाको मृत्यु, बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु

पाटन अस्पतालमा उपचारत कोरोना संक्रमित महिलाको मृत्यु, बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु



काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो । धनुषा जिल्लाको जनकपुर निवासी २८ बर्षिय कोरोना संक्रमित महिलाको बुधबार विहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनी श्रावण १८ गते पाटन अस्पतालमा उपचारत रहेकी थिइन् ।

यस्तै बुटवलको कोरोना विषेश अस्पतालमा भर्ना भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। तीमध्ये एक जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो।

कोरोना अस्पतालका फोकलपर्सन डा सुदर्शन थापाका अनुसार कपिलवस्तु जिल्लाका ४२ र २५ वर्षीय पुरुषको मृत्यु भएको हो। ती मध्ये ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। २५ वर्षीय पुरुषको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको छ।

४२ वर्षीय पुरुष २५ साउनमा अस्पताल भर्ना भएका थिए भने २५ वर्षीय पुरुष हिजो मात्र भर्ना भएका थिए। अस्पताल ल्याउँदा दुवै जनाको स्वास्थ्य अवस्था गम्भीर थियो। उनीहरुको भेण्टिलेटरमा राखेर उपचार गरिए पनि सफल नभएको डा थापाले बताए। उनका अनुसार दुवैजनामा कुनै दीर्घरोग भएको जानकारी थिएन।

कोरोना विषेश अस्पतालमा २२ जना उपचाररत छन्। तीमध्ये छ जनाको सघन उपचार कक्षा ९आईसीयू० मा उपचार भइरहेको छ। बाँकी १६ जनाको स्वास्थ्य अवस्था सामान्य छ।

प्रतिक्रिया दिनुहोस्
MBL