Logo

राष्ट्रपतिद्घारा नेपालको संविधान २०७२ जारी भएको घोषणा

राष्ट्रपतिद्घारा नेपालको संविधान २०७२ जारी भएको घोषणा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
३ असोज, काठमाडौं ।
राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका छन् । संविधान सभामा आयोजित कार्यक्रमबीच राष्ट्रपतिले नेपालको संविधान २०७२मा हस्ताक्षर गर्दै जारी भएको घोषणा गरेका हुन् ।

यसअघि करीब ५ बजेर ५० मिनेट जादा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा नियमावली ११०को उपनियम ३ बमोजिम संविधानसभाले पारित गरेको संविधानको प्रति हस्ताक्षरका लािग राष्ट्रपति समक्ष पेस गरेका थिए ।

‘संविधानसभाद्घारा पारित एवम् संविधान सभाका अध्यक्षद्घारा प्रमाणित भएको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु’ राष्ट्रपतिले संविधान जारी भएको घोषणा गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्
MBL