Logo

सोमबार थपिए ३३८ जना कोरोना संक्रमित, संक्रमित मृतकको संख्या ७९ पुग्यो

सोमबार थपिए ३३८ जना कोरोना संक्रमित, संक्रमित मृतकको संख्या ७९ पुग्यो



काठमाडौं । सोमबार देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ५२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

त्यस्तै ७९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL