Logo

पाँच बजे मन्त्रिपरिषद् बैठक, कोराना नियन्त्रणका लागि कडा प्रतिबन्धको निर्णय आउन सक्ने

पाँच बजे मन्त्रिपरिषद् बैठक, कोराना नियन्त्रणका लागि कडा प्रतिबन्धको निर्णय आउन सक्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्दैछ । साँझ ५ बजेका लागि बोलाइएको नियमित बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि फेरि कडाइ गर्ने निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

साउन ६ मा लकडाउन अन्त्यको घोषणापछि अस्वाभाविक तवरले संक्रमण बढ्न थालेको र कोरोना थप फैलिन नदिनका लागि केही प्रतिबन्धात्मक निर्णय कायम गर्ने निर्णय हुन सक्ने बताइएको छ ।

यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान, लामो तथा छोटो दूरीका सार्वजनिक यातायात तथा विद्यालय भर्ना खोल्ने निर्णय गरेको थियो ।

लकडाउन अन्त्य भएको घोषणा गरिएयताका १९ दिनमा झण्डै ५ हजार कोरोना संक्रमित थपिएपछि सरकार तत्काल लामो दूरीका सवारी साधन र हवाई सेवा भदौ १५ सम्म सञ्चालन नगर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले सरकारलाई प्रस्ताव गरेको छ ।

साउन ६ गते लकडाउन अन्त्यको घोषणा हुँदा १७ हजार ९९४ जना संक्रमित भएकोमा आइतबार २५ साउनमा संक्रमित संख्या २२ हजार ९७२ पुगेका छन् । यस्तै साउन ६ मा कोरोनाले ४० जनाको मृत्यु भएकोमा १९ दिनकाबीचमा थप ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL