Logo

टीआइएमा होर्डिङबोर्डबाट मात्र २ करोड आम्दानी, विज्ञापनमा नेपालीपन अनिवार्य

टीआइएमा होर्डिङबोर्डबाट मात्र २ करोड आम्दानी, विज्ञापनमा नेपालीपन अनिवार्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३ भदौ,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल टिआइएले गत बर्ष होर्डिङ बोर्डबाट मात्र २ करोड ११ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ ।  विमानस्थल वरिपरि तथा भित्र रहेको विभिन्न कम्पनीहरुको विज्ञापनबाट सो रकम संकलन गरेको हो ।

यससँगै अब त्रिभुवन विमानस्थल बाट बाहिरिने वा नेपाल प्रवेश गर्ने वित्तिकै यहाँको कला कौशलको दृष्य देख्न पाइने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले विज्ञापनको व्याकराउण्डमा नेपालीपन झल्किने दृष्य अनिवार्य गरेपछी यस्तो अवसर मिल्न लागेको हो ।

टिआइएले विमानस्थल परिसरमा लगाइने व्यवसायीक विज्ञापनसहितका होर्डिङबोर्डहरुमा नेपाली पन दिनु पर्ने बताएको छ । जसमा नेपालको संस्कृति,कला कौशल तथा राष्ट्रियता झल्केको हुनुपर्छ । कम्पनीको विज्ञापन ४० प्रतिशतमात्र हुने विमानस्थलका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘अन्य ६० प्रतिशत भागमा नेपालीपन झल्किने चित्र हुनु पर्छ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
MBL