Logo

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ बजारमा कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ बजारमा कारोबार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निरन्तर मूल्य बढेर उचाईमा पुगेको सुनको मूल्य आज पनि घटेको छ । आइतबार पनि मूल्य घटेको सुनको मूल्यमा सोमबार पनि गिरावट आएको हो।

सोमबार सुनको मुल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रति तोला एक लाख २ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि आइतबार सुन प्रतितोला एक लाख २ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै सोमबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख एक हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार चाँदीको मुल्य पनि सामान्य गिरावट आएको छ ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९५ मा कारोबार भइरहेको छ । आइतबार चाँदीको मुल्य एक हजार ४१० प्रति तोला रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL