Logo

आजै थपिए ३८० जना कोरोना संक्रमित, उपत्यकामा मात्रै ९२ जनामा संक्रमण पुष्टि

आजै थपिए ३८० जना कोरोना संक्रमित, उपत्यकामा मात्रै ९२ जनामा संक्रमण पुष्टि



काठमाडौं । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् । यस्तै आज काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL