Logo

उच्च विन्दुबाट तल झर्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

उच्च विन्दुबाट तल झर्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?



काठमाडौं । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आज भने ९ सयले घटेको छ । साताको पहिलो दिन आज सुन ९ सयले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । आज प्रतितोला ९ सयले घट्दै १ लाख २ हजार ६ सयमा कारोबार भइरहेको छ ।

अघिल्लो हप्ता आइतबार ३ सयले बढेको सुन सोमबार स्थिर रहेको थियो । मंगलबार ३ सयले बढ्दै सुन ९९ हजार ८ सयमा कारोबार भएको थियो भने बुधबार १६ सयले बढेको थियो ।

विहिबार ११ सयले बढेको सुन शुक्रबार १ हजारले बढेर १ लाख ३ हजार ५ सयको उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । चाँदीको आजको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँ कायम गरिएको छ ।

आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार १०० मा कारोबार भइरहेको छ । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL