Logo

सिटिजन लाईफको खुद मुनाफा साढे ३० प्रतिशतले बढ्यो, पुग्यो २० करोड ७ लाख

सिटिजन लाईफको खुद मुनाफा साढे ३० प्रतिशतले बढ्यो, पुग्यो २० करोड ७ लाख



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको खुद मुनाफा ३० दशमलव ६७ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्नो खुद नाफा वृद्धि गर्दै २० करोड ७ लाख १८ हजार रुपैयाँ पुर्याएको हो । अघिल्लो आवमा कम्पनीले १५ करोड ३६ लाख ६ हजार नाफा कमाएको थियो।

जीवन बीमा कम्पनीहरुको हकमा नाफाको निर्धारण लेखा परिक्षणको क्रममा हुने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हुने गर्दछ। बीमांकीय मूल्याङकनपछि मात्र वास्तविक खुद नाफा निर्धारण हुने व्यवस्था छ ।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा कम्पनीले संकलन गरेको खुद बीमाशुल्क ८० करोड २ लाख रुपैयाँ बढी हो।

गत आवमा कम्पनीले ३ अर्ब ५० करोड दीर्घकालीन लगानी र ३६ करोड ५ लाख रुपैयाँ अल्पकालीन कर्जा लगानी गरि लगानी, कर्जा तथा अन्य शीर्षकबाट १७ करोड ४२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ। यस्तै बीमालेख धितोमा ११ करोड ४३ लाख ६९ हजार रुपैयाँ लगानी गरी ७१ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिथशेयर आम्दानी ११।४५ रुपैयाँ रहेको छ। बीमा समितिले तोकेको न्यूनतम २ अर्ब पूँजी कायम गर्न कम्पनीले निकट भविष्यमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने ७५ करोड रुपैयाँको प्राथमिक शेयर ९ आईपीओ० निष्काशन गर्ने तयारीमा छ। आईपीओपछि चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्सको जगेडा कोषको आकार २२ करोड ८६ लाखबाट ४९ करोड ६१ लाख रुपैयाँमा, जीवन बीमा कोष ६३ करोड ४८ लाखबाट १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोष ३ करोड २६ लाखबाट ४ करोड २७ लाख रुपैयाँमा वृद्धि भएको छ।

यस अवधिमा इन्स्योरेन्सले ११५ वटा दाबी बापत १३ करोड ७३ लाख ४८ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३७ दाबी बापत २ करोड ४९ लाख ३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

हाल इन्स्योरेन्समा १ लाख २४ हजार ६८२ बीमालेख कायम छ भने कूल जारी बीमालेखको संख्या २४ हजार ६० रहेको छ। हालसम्म ३ अर्ब ५३ करोड ५३ लाख ९९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकामध्ये गत वर्ष मात्रै कम्पनीले १ अर्ब ९६ करोड ८३ लाख ६५ हजार रुपैयाँले वृद्धि गरेको हो।

प्रतिक्रिया दिनुहोस्