Logo

पोखरामा एक पुरुषको कोरोनाका कारण मृत्यु, संक्रमित पुरुष डायबेटिजका थिए बिरामी

पोखरामा एक पुरुषको कोरोनाका कारण मृत्यु, संक्रमित पुरुष डायबेटिजका थिए बिरामी


बिजखबर संवाददाता
0
Shares

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१९ का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमितको शनिबार राति ११ बजेर ३५ मिनेट जादाँ मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पाललका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

मृतक पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुष भएको उनले बताए । संक्रमित पुरुष डायबेटिजका बिरामी थिए ।

उनको साउन १८ गते कोरोना संक्रमण पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL