Logo

काठमाडौं, ललितपुर र भक्तपुरमा आजदेखि यी सेवा बन्द, भदौं ८ सम्म सेवा बन्द रहने

काठमाडौं, ललितपुर र भक्तपुरमा आजदेखि यी सेवा बन्द, भदौं ८ सम्म सेवा बन्द रहने



काठमाडौं । काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयले आज आइतबारदेखि १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन् ।

कोरोना संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणमा सहयोग पुर्याउन उद्देश्यले सेवा बन्द गरिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको थियो ।

निर्णयअनुसार आजदेखि ८ भदौसम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण, हातहतियार दर्ता नवीरकण, संस्था र पत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरणलगायतका अत्यावश्यक नभएका सबै सेवा बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL