Logo

शनिबार थप ३७८ जना कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ७३ पुग्यो (अपडेट)

शनिबार थप ३७८ जना कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ७३ पुग्यो (अपडेट)



काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात हजार ७८८ पिसिआर परीक्षण भएकामा ३७८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ६ हजार २०६ जना आइसोलेशनमा छन् ।देशरभ क्वारेन्टिनमा रहेकाको सङ्ख्या १० हजार ७९२ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४९९ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्कनेको ङ्ख्या १६ हजार ३१३ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL