Logo

एकै टोलका आठ जनामा कोरोना संक्रमण, काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

एकै टोलका आठ जनामा कोरोना संक्रमण, काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल



काठमाडौं । एकै टोलका आठ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘सिल’ गरिएको छ । संक्रमित हुनेहरुमा नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् ।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिएका छन् ।

त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको छ । उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

अहिले उक्त क्षेत्र शिल गरेको र भोलि कोभिड–१९ सम्बन्धी समितिको बैठक बसेर आवश्यक निर्णय गरिने अध्यक्ष डंगोलले बताएका छन् । उपत्यकामा जहाँ संक्रमण देखियो त्यहाँ शिल गर्ने रणनीति अगाडि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL