Logo

शुक्रबार थपिए ४६४ जना कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ७१ पुग्यो, काठमाडौंमा मात्रै १०६ जनामा संक्रमण पुष्टि

शुक्रबार थपिए ४६४ जना कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ७१ पुग्यो, काठमाडौंमा मात्रै १०६ जनामा संक्रमण पुष्टि



काठमाडौं । शुक्रबार देशभर कोरोनाका ४ सय ६४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यीसहित हालसम्म नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म कोरोनामुक्त भइ घर फर्किनेको संख्या १५ हजार ८ सय १४ जना पुगेको छ। त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको छ।

विगत २४ घण्टामा ६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL