Logo

आज पनि प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य वृद्धिले आज (शुक्रबार) पनि निरन्तरता पाएको छ । लगातार १ हजार बढीले बढिरहेको सुनको मूल्य आज पनि प्रतितोला १ हजार रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन शुक्रबार बढेर १ लाख ३ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

विश्वबजारमा सुनको मूल्यमा आएको वृद्धिसँगै नेपालमा पनि यसको मूल्यमा वृद्धि आएको छ । यस्तै आज चाँदीको मूल्य पनि ६० रुपैयाँले उकालो लागेको छ । बिहीबार १ हजा ३ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै १ हजार ४ सय ५ रुपैयाँ प्रतितोला पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL