Logo

प्रचण्डको सुरक्षा गर्ने ६ सुरक्षाकर्मी कोरोना संक्रमित, यस्तो छ अवस्था

प्रचण्डको सुरक्षा गर्ने ६ सुरक्षाकर्मी कोरोना संक्रमित, यस्तो छ अवस्था



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिरी घेराको सुरक्षा गर्ने (स्कर्टिङ गर्ने) ६ सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगंजमा भएको परिक्षणमा ६ जना सुरक्षा अधिकारीहरुलाई कोरोना पुष्टि भएको हो ।

प्रचण्ड सचिवालय स्रोतले संक्रमित सुरक्षाकर्मिहरु बाहिरि घेराको सुरक्षा गर्नेहरु भएको बताउदै प्रचण्ड परिवार र भित्री घेरामा सुरक्षा गर्ने सुरक्षाकर्मीहरुलाई संक्रमण नदेखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL