Logo

सुनको मूल्य १ लाख नाघ्दा डिस्प्ले बोर्डमा मूल्य देखाउन मिलेन, १० ग्रामको मूल्य सो गरिँदै

सुनको मूल्य १ लाख नाघ्दा डिस्प्ले बोर्डमा मूल्य देखाउन मिलेन, १० ग्रामको मूल्य सो गरिँदै



काठमाडौं । पछिल्लो समय सुनको मूल्य बढेर १ लाख नाघ्दा डिस्प्ले बोर्डमा डिस्प्ले गर्नै समस्या भएको छ । लगातार सुनको मूल्य बढ्दा ५ अंकको मूल्य देखाउन मिल्ने बोर्डमा ६ अंकको मूल्य नै देखाउन समस्या भएको हो । पछिल्लो समय सुनको मूल्यमा अप्रत्यासित वृद्धि हुँदा बोर्डमा प्रतितोलाको मूल्य डिस्प्ले गर्न समस्या भएको नेपाल सुनचाँदी व्यवासायी महासंघका बरिष्ठ उपाध्यक्ष मानिकरत्न शाक्यले जानकारी दिए ।

उनका अनुसार पहिले सुनको मूल्य ६ अंकसम्म पुग्दैन होला भनेर ५ अंकको मात्रै डिस्प्ले बोर्ड बनाईएको थियो तर एक्कासी सुनको मूल्य बढ्दा प्रतितोलाको मूल्य देखाउनै समस्या भएको हो ।
हाल महासंघले आफ्नो फेसबुक पेजमा र वेबसाईटका प्रतितोला र १० ग्रामको मूल्य राखेपनि डिस्प्ले बोर्डमा भने प्रति १० ग्रामको मूल्य मात्रै राख्द आएको छ । यस्तै अवस्था सम्पुर्ण जिल्लाका जिल्ला संघहरुमा पनि छ ।

बिहीबार सुनको मूल्य बढेर १ लाख २ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ । बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुन आज १ हजार १ सयले बढेर १ लाख २ हजार ५ सय पुगेको हो । यसरी सुनको मूल्य प्रतिदिन बढ्दा डिस्प्ले बोर्डमा देखाउन समस्या भएको हो ।

तर सुनको मूल्य आज प्रति १० ग्रामको ८७ हजार ८ सय ७५ रुपैयाँ पुगेको छ । जुन ५ अंकको मूल्य डिस्प्ले बोर्डमा सो गर्न सजिलो हुनेभएकाले महासंघले उक्त मूल्य मात्रै डिस्प्लेमा देखाउने गरेको छ । तर यसलाई चाँडै समाधान गर्ने महासंघका बरिष्ठ उपाध्यक्ष शाक्यले बिजखबरलाई बताए । उनका अनुसार अब सबै जिल्ला संघ तथा महासंघ समेतको बोर्डमा ६ अंकको मूल्य देखाउन पाईने गरी बनाईनेछ ।

यस्तै आजँ चाँदी पनि प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL