Logo

प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई देखियो कोरोना, आइसोलेसनमा राखियो

प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई देखियो कोरोना, आइसोलेसनमा राखियो



काठमाडौं । प्रदेश नम्वर २ का एक मन्त्रीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । बुधबार साँझ आएको रिपोर्टमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित भएका मन्त्री यादवलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको जनाइएको छ ।

गएको साउन १८ गते काठमाडौंबाट फर्केर उनले स्वाब संकलन गराएका थिए । कोरोनाभाइरसको कुनै लक्षण नदेखिए पनि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL