Logo

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि, संक्रमितहरुलाई अस्पताल लैजाने तयारी

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि, संक्रमितहरुलाई अस्पताल लैजाने तयारी



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले यसबारे पुष्टि गरे ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार अख्तियारका १ सय ८२ जनाको पीसीआर परीक्षण गरेको थियो ।

तीमध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रवक्ता अधिकारीले भने, ‘संक्रमितहरुलाई अहिले अस्पताल लैजाने तयारी छ ।’

प्रतिक्रिया दिनुहोस्